भर्खरै : Sorry, your browser does not support inline SVG.

कर्णालीका कोरोना प्रभावितलाई उद्यमशील बनाइने

कर्णालीका कोरोना प्रभावितलाई उद्यमशील बनाइने

११ साउन २०७७ सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा कोभिड–१९ बाट प्रभावित व्यक्तिहरुलाई उद्यमशील बनाउन आयआर्जनसम्बन्धी कार्यक्रम सञ्चालन हुने भएको छ ।

रोजगारी गुमाएका तथा कोरोना सङ्क्रमित परिवारलाई आयआर्जनमा जोड्न संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी० को सहयोगमा यो योजना संचालन गरिदै छ । जिल्ला लघुउद्यमी सङ्घमार्फत १५० जना व्यक्ति छनोट गरी उद्यमशीलतासँग जोड्ने जनाएको छ ।

राष्ट्रिय लघु उद्यमी महासङ्घका कार्यवाहक अध्यक्ष कविराज खत्रीले अति कमजोर वर्गको आयआर्जन सुरक्षित गर्न कार्यक्रम शुरु गरिएको बताए। कार्यक्रमअन्तर्गत कोरोनाबाट प्रभावित तथा विदेशबाट फर्किएका, सीमान्तकृत, अति विपन्न वर्गलाई छनोट गरी लघु उद्यममार्फत स्वरोजगार बनाइनेछ ।

 


Thali Mobile Pvt.Ltd.