भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

कर्णालीमा आज थपिएका ७० जना मध्य दैलेख आठबीसका २० जना काेराेना संक्रमित

कर्णालीमा आज थपिएका ७० जना मध्य दैलेख आठबीसका २० जना काेराेना संक्रमित

३१ जेठ २०७७ शनिबार, काठमाडौं । कर्णाली प्रदेशमा आज थप ७० जनामा कोरोना संक्रमण भएको छ । सुर्खेतका ४० र दैलेखका ३० जना गरी आज ७० जनामा नयाँ संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ९१६ पुगेको छ ।

त्यस्तै दैलेख अस्पतालका ५ जना र दुल्लु अस्पतालका ४ जना गरी ९ जना संक्रमित निको भएर घर फर्किएका छन् । कर्णालीमा डिस्चार्ज हुनेको संख्या ९१ पुगेको छ भने मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

सुर्खेत गुर्भाकोटका १२ जना, भेरीगंगाका १० जना, बराहतालका ९ जना, चौकुनेका ८ जना र वीरेन्द्रनगरका १ जना र दैलेखका ३० जना मध्ये आठबीसका २० जना, नौमुलेका ९ जना र डुङ्गेश्वरका १ जना रहेका छन् ।

सबै ७० जनाको पुष्टि प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट भएको हो । त्यसै आज भेरी अस्पतालको परीक्षणमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले आफ्नो फेसबुक पेजमार्फत विवरण सार्वजनिक गर्दै थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । नयाँ थपिएका सङ्क्रमितहरू बाँकेका १९ जना, रोल्पाका १७ जना र बर्दियाका ६ जना छन् ।

 


Thali Mobile Pvt.Ltd.