भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

कर्णालीमा आमसञ्चार प्रतिष्ठान गठन प्रक्रिया अघि बढाउने

कर्णालीमा आमसञ्चार प्रतिष्ठान गठन प्रक्रिया अघि बढाउने

सुर्खेत । कर्णाली प्रदेशमा आमसञ्चार प्रतिष्ठान गठन प्रक्रिया अघि बढाउने भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले आमसञ्चार प्रतिष्ठान गठन प्रक्रियालाई अघि बढाउने बताएका हुन् ।

शुक्रवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा मन्त्री जिसीले आम सञ्चार प्रतिष्ठानमार्फत सञ्चार क्षेत्रलाई प्रविधि मैत्री बनाउँदै प्रवर्धन तथा विकास गर्न पहल गर्ने बताए ।

सूचना प्रविधिमा भएको विकासले शान्ति सुरक्षामा समेत चुनौती थपिएको भन्दै मन्त्री जिसीले सुरक्षा योजना बनाउने गरी तयारी भइरहेको जानकारी दिए ।

घाइते अपाङ्गता भएका पत्रकार सहित सम्पूर्ण नागरिकलाई स्वास्थ्य उपचारको प्रबन्ध मिलाउने तथा पुनर्स्थापना केन्द्र निर्माण गर्ने योजना रहेको उनको भनाइ छ ।

सञ्चारमाध्यमको विकासका लागि अभिभावकत्व प्रदान गर्दै प्रदेश सरकारले मिडिया प्रवर्द्धन कार्यक्रमका लागि नीति निर्माण गर्ने पत्रकारको भौतिक तथा पेसागत साथै स्वास्थ्य सुरक्षाका लागि पनि प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताए ।

प्रादेशिक तहमा सचेतनामूलकसहितका कार्यक्रम लागु गरिने बताए ।

 


Thali Mobile Pvt.Ltd.