भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

राष्ट्र निमार्णमा खेलकुदको महत्वपूर्ण भूमिका रहन्छ : मुख्यमन्त्री रावल

राष्ट्र निमार्णमा खेलकुदको महत्वपूर्ण भूमिका रहन्छ : मुख्यमन्त्री रावल

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राष्ट्र निमार्णका लागि खेलकुदको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ । आजदेखि महेन्द्रनगरमा कञ्चनपुर क्रिकेट मेलाको चौथो संस्करणको उद्घाटन गर्दै उहाँले खेल हार र जितका लागि मात्र नभई राष्ट्र निमार्णका लागि योगदान हुने बताउनुभयो । “खेल हार र जितका लागि मात्रै होइन यसले राष्ट्र निमार्णमा समेत योगदान गरेको हुन्छ”, मुख्यमन्त्री रावलले भन्नुभयो, “राष्ट्रको विकासका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न जरुरी छ ।” उहाँले कञ्चनपुर खेलाडी उत्पादनको भूमिसमेत भएकाले यस्ता प्रतियोगिताले खेलाडीहरुको विकास हुने बताउनुभयो ।

स्टार प्रोडक्सनले आयोजना गरेको क्रिकेट मेलामा कर्पोरेट क्रिकेट प्रतियोगिता, वडास्तरीय प्रतियोगिता र विद्यालयस्तरीय प्रतियोगिता सञ्चालन हुनेछन् । आजदेखि कर्पोरेट क्रिकेट प्रतियोगिता सुरु भएको र वडास्तरीय तथा विद्यालयस्तरीय प्रतियोगिता पनि आइतबारदेखि सञ्चालन हुने प्रतियोगिता संयोजक अविनाश जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा विजेता टोलीले रु एक लाख ११ हजार, ट्रफी र प्रमाणपत्र पाउनेछ भने उपविजेता टोलीले रु ५५ हजार, ट्रफी र प्रमाणपत्र पाउनेछ । ‘सिरिज अफ दी टिम’ले रु पाँच हजार पाँच सयसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने संयोजक जोशीले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट ‘ब्याट्स म्यान’ र ‘बलर’लाई रु तीन हजार पाँच सयसहित प्रमाणपत्र र मेडल प्रदान गरिनेछ ।

कर्पोरेट क्रिकेट प्रतियोगितामा एनआइसी एसिया बैंक, सनराइज बैंक, उदयदेव सहकारी, एनएमवी बैंक, नविल बैंक, सुदूरपश्चिम विश्वविद्यालय, सिएमजी क्लब, हेप्पी हावर, लिटिल बुद्ध एकेडेमी, सिर्जनशील सहकारी र मेगा सहकारी गरी ११ टोलीको सहभागिता रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.