भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

तीन–चार महिना सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको आग्रह

तीन–चार महिना सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको आग्रह

काठमाण्डौ । चट्याङ लागेर एक महिनाको अवधिमा ५ जनाले ज्यान गुमाएका छन् । वैशाख १ गतेदेखि ३० गते सम्ममा चट्याङका ४४ वटा घटना भएको र उक्त घटनामा ५ जनाको मृत्यु, ४३ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

मंगलबार पहाडी जिल्लामा दिउँसो पछि हुरीबतास र मेघगर्जनसहित चट्याङ पर्ने मौसमविद्ले बताएका छन् । प्रि–मनसुनमा दिउँसो पछि मेघगर्जन र चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहेको जनाएको छ । चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भएर घाइते हुने तथा ज्यान नै जाने खतरा हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

चट्याङ लागेर घाइते हुनेको सङ्ख्या अझै बढ्न सक्ने र तीन–चार महिना चट्याङ पर्ने सम्भावना उच्च हुने भएकाले सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.