भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

कांग्रेसका चौधरी प्रतिनिधिसभामा विजयी

कांग्रेसका चौधरी प्रतिनिधिसभामा विजयी

कांग्रेस । सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार चौधरीले २३ हजार चार सय ९१ मत प्राप्त गरी निर्वाचति हुनुभएको हो ।

निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ४ सप्तरीले जनाएअनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार नौ सय ७७ मत प्राप्त गर्नुभयो ।

गत प्रतिनिधिसभा र संविधानसभाको निर्वाचनमा समेत चौधरी यस क्षेत्रबाट विजयी हुनुभएको थियो । यो नतिजा आएसँगै सप्तरीको प्रत्यक्षतर्फ सबै परिणाम घोषणा भएको छ ।

जसअनुसार प्रतिनिधिसभामा कांग्रेस दुई जनमत र जसपा पार्टी एक/एक स्थानमा विजयी भएको छ ।

प्रदेशसभामा जनमत पार्टीले चार नेपाली कांग्रेस नेकपा (एमाले) नेकपा (एस) र स्वतन्त्रले एक÷एक सदस्यमा जित हासिल गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.