भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

सेनेगलसँग ३–१ गोल ​​अन्तरको पराजयसँगै कतार विश्वकपबाट बाहिरियो

सेनेगलसँग ३–१ गोल ​​अन्तरको पराजयसँगै कतार विश्वकपबाट बाहिरियो

एजेन्सी । आयोजक राष्ट्र कतार शुक्रबार सेनेगलसँग ३–१ ले पराजित हुँदै विश्वकपबाट बाहिरिएको छ । यो हारले कतारलाई विश्वकपको ९२ वर्षको इतिहासमा प्रतियोगिताबाट पहिलो चरणमै यति छिटो बाहिरिने पहिलो आयोजक राष्ट्र बनाएको छ ।

सेनेगलसँगको खेल कतारको विश्वकपको दोस्रो खेल थियो । गत आइतबार प्रतियोगिताको उद्घाटन खेलमा कतार इक्वेडरसँग २–० ले पराजित भएको थियो ।मंगलबारको खेलमा कतारले नेदरल्याण्ड्सलाई हराए पनि अर्को चरणमा पुग्न पर्याप्त अंक पाउने छैन ।

सन् २०१० मा दक्षिण अफ्रिका पनि समूह चरणबाटै बाहिरिएको थियो । तर समूह चरणको अन्तिम तेस्रो खेलसम्म अफ्रिकाको चुनौती बाँकी थियो ।

 


Thali Mobile Pvt.Ltd.