भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

इलाम–२ मा एमाले उपाध्यक्ष नेम्वाङ ३४ मतले पछाडि

मङ्गलबारे । इलाम क्षेत्र नं २ को मतगणना अन्तिम समयमा पुग्दा रोचक बन्दै गएको छ । यहाँ नेकपा  ( एमाले ) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मतअन्तर क्रमशः घट्दै गएको छ ।

इलाम नगरपालिकाको मत गणना हुनुअघि करिब दुई हजार मतले अघि रहनुभएका नेम्वाङको मत अन्तर क्रमशः घट्दै गएको छ । हाल उहाँ १६ मतले पछि पर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदार डम्बरबहादुर खड्काले २८ हजार चार सय ८६ मत प्राप्त गर्नुभएको छ भने एमाले उम्मेदवार नेम्वाङले २८ हजार चार सय ७० मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

अब इलाम नगरपालिका–१ र २ को मत गन्न बाँकी छ । यस निर्वाचन क्षेत्रमा ६९ हजार ८५ मत खसेको थियो । यो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ दुई स्वतन्त्रसहित १४ जनाले उम्मेदवारी दिनुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.