भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित, गच्छदारले दिए निवेदन

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित, गच्छदारले दिए निवेदन

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । मतगणनाअनुसार खड्का र गुरुङ निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको हो ।

खड्काले २१२१ र गुरुङले १९०८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार दुई मतान्तरले पराजित भए ।

बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार २ मतले हारेपछि संस्थापन समूहका गच्छदारले पुनः गणनाको माग गर्दै निर्वाचन समितिमा निवेदन दिएका छन् ।

गच्छदारले १९०६, चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.