भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित, गच्छदारले दिए निवेदन

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित, गच्छदारले दिए निवेदन

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । मतगणनाअनुसार खड्का र गुरुङ निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको हो ।

खड्काले २१२१ र गुरुङले १९०८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार दुई मतान्तरले पराजित भए ।

बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार २ मतले हारेपछि संस्थापन समूहका गच्छदारले पुनः गणनाको माग गर्दै निर्वाचन समितिमा निवेदन दिएका छन् ।

गच्छदारले १९०६, चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.