भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

काठमाडौंमा बालेन , भरतपुरमा दाहाल र पोखरामा आचार्यको अग्रता कायमै

काठमाडौंमा बालेन , भरतपुरमा दाहाल र पोखरामा आचार्यको अग्रता कायमै

काठमाडौं । बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर पदमा१ हजार ५ सय ७५ मतका साथ अग्र स्थानमा रहेका छन् । ४ हजार ४ सय ४४ मत गणना हुँदा उनले १ हजार ५ सय ७५, नेकपा एमालेका केशव स्थपितले ९ सय ८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८ सय २५ मत प्राप्त गरिन । त्यसै गरी भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेणु दाहालले मतान्तर बढाउदै गएकि छन् ।

२ हजार ५ सय ८१ मत गणना हुँदा उनले ९ सय ८० मत प्राप्त गरिन भने उनलाई नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ८ सय ७१ मतले पछाइरहेका छन् । उता पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यको अग्रता कायमै रहेको छ । १ हजार ६ सय मत गणना हुँदा उनले नेकपा एमालेका उम्मेदवार कृष्ण थापा भन्दा ३० मत अन्तरले अगाडि रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.