भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

काठमाडौंमा बालेन , भरतपुरमा दाहाल र पोखरामा आचार्यको अग्रता कायमै

काठमाडौंमा बालेन , भरतपुरमा दाहाल र पोखरामा आचार्यको अग्रता कायमै

काठमाडौं । बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर पदमा१ हजार ५ सय ७५ मतका साथ अग्र स्थानमा रहेका छन् । ४ हजार ४ सय ४४ मत गणना हुँदा उनले १ हजार ५ सय ७५, नेकपा एमालेका केशव स्थपितले ९ सय ८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८ सय २५ मत प्राप्त गरिन । त्यसै गरी भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेणु दाहालले मतान्तर बढाउदै गएकि छन् ।

२ हजार ५ सय ८१ मत गणना हुँदा उनले ९ सय ८० मत प्राप्त गरिन भने उनलाई नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ८ सय ७१ मतले पछाइरहेका छन् । उता पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यको अग्रता कायमै रहेको छ । १ हजार ६ सय मत गणना हुँदा उनले नेकपा एमालेका उम्मेदवार कृष्ण थापा भन्दा ३० मत अन्तरले अगाडि रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.