स्थापितलाई विस्तापित गर्ने रणनीतिमा बालेन र सुनिता

स्थापितलाई विस्तापित गर्ने रणनीतिमा बालेन र सुनिता

काठमाडौँ महानगर अपडेट बालेनको मत १८ हजार नाघ्यो
काठमाडौं । अहिले सम्मको मतपरिणाम हेर्ने हो भने काठमाडौं महानगरको चाहना युवा उम्मेदवार प्रति रहेको देखिएको छ ।

महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्ना प्रतिद्वन्द्वीसँग दोब्बर मतले अग्रता कायमै राख्दै गर्दा यस्तो आँकलन गरिएको हो । पछिल्लो मतपरिणाम अनुसार शाहले १८ हजार १६ मत लग्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ९ हजार ३१९ मत प्राप्त गरेका छन् ।

गठबन्धनबाट उम्मेदवार काँग्रेसकी सिर्जना श्रेष्ठ ८ हजार ३७२ मतसहित तेस्रो स्थानमा रहेकी छिन् । त्यस्तै महानगरको उपमेयरमा एमालेकी सुनिता डंगोल १५ हजार ६७४ मतसहित अग्रस्थानमा रहेका बेला गठबन्धनबाट उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले ५ हजार १५ मतसहित पछ्याइरहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैयाको ३ हजार ४४९ मत रहेको छ । यो मतलाई आँकलन गर्दा दिएको सन्देश केशव स्थापितलाई विस्थापित गर्ने रहेको छ । महानगरमा यसपाली युवा प्रतिको मोह देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.