काठमाडौं । सरकारले जनताको ढाडसेक्ने गरी पेट्रोलियम पर्दाथमा मूल्यबृद्धि गरेपछि नेपाल मजदुर किसान पार्टीले विरोध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्घिविरुद्घ बुधबार नेपाल मजदुर किसान पार्टी काठमाडौं जिल्ला समितिले पुतलीसडकदेखि बागबजार हुँदै भोटाहिटीसम्म जुलुस तथा कोणसभा गरेको हो ।
पदर्शनमा सहभागी प्रदर्शनकारीहरुले पेट्रोलिएम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता गर, भ्रष्टाचारीलाई कारबाही गर, कालाबजारीलाई कारबाही गर, बढ्दो महंगी नियन्त्रणगर लगायतका नारहरु लगाएका थिए । जुलुशपछिको कोणसभालाई नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य सुरेन्द्र राज गोसाई, नेमकिपाका नेताहरु नारायण महर्जन र राजविर डंगोले सम्बोधन गर्नुभएको थियो ।

सरकारले रुस युक्रेन युद्धलाई देखाउदै पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरिरहेको छ । पछिल्लो समय सरकारले पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७०, डिजेल १ सय ५३, मट्टितेल १ सय ५३, हवाई इन्धन १ सय ५६ र ग्यास प्रतिसिलेण्डर १ हजार ६ सय रुपैयाँ मूल्य बृद्धि गरेको छ । नेपाल मजदुर किसान पार्टीले जनताको ढाडसेक्ने गरिएको मूल्यबृद्धि फिर्ता गर्न माग गर्दै प्रदर्शन गरिरहेको छ । (भिडियो सहित )
