भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

सूर्यविनायक वडा नं ८ को अध्यक्षमा युवा नेता पुष्पुराज बस्नेत विजयी ( भिडियो सहित )

सूर्यविनायक वडा नं ८ को अध्यक्षमा युवा नेता पुष्पुराज बस्नेत विजयी ( भिडियो सहित )

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नं ८ मा एमालेका युवा नेता पुस्पराज बस्नेत विजयी भएका छन् । बुधबार सूर्यविनायक नगरपालिकाका सबै वडाहरु भन्दा अत्यधिक मत ल्याए बस्नेत विजयी भएका हुन । बस्नेतले दुई हजार एक सय २२ मत प्राप्त गरी विजयी हाँसिल गरेका हुन भने उनका निकटतम प्तिद्वन्दी नेपाली काँग्रेसका बिदुरमान सिंह बस्नेतले नौ सय ९१ मत प्राप्त गरेका थिए ।

सूर्यविनायक नगरपालिकाको वडा नं ८ सिपाडोलमा एमालेको प्यानल नै विजयी भएको छ । सूर्यविनायक नगरपालिका वडा नं ८ मा वडा अध्यक्षमा निर्वाचित भएपछि नवनिर्वाचित वडा अध्यक्ष बस्नेतले अग्रजहरुको मार्गदर्शनलाई पछाएर अगाडि बढ्ने बताउदै पूर्व अध्यक्ष किरण थापाको सुझावलाई आत्मसात गर्दै कार्य सम्पादन गर्ने जानकारी दिए । अध्यक्ष बस्नेतले राजनीतिमा प्रतिस्पर्धा र विकासमा एकता भन्ने मूल नाराका साथ अधि बढ्ने बताउदै रोजगारी रिर्जना गर्ने गरी कार्य सम्पादन गर्ने जानकारी दिए ।

पूर्व अध्यक्ष किरण थापाले जनताको माया र ममताले अत्यधिक मतले विजय गराएको बताउदै आफूहरुको कार्यसम्पादनका कारण पहिले भन्दा ५ सय बढि मत दिएर जिताएको जानकारी दिए । उनले नेकपा एमालेलाई सबै भन्दा बढि मत आफ्नै वडाले दिएको बताए । पूर्व अध्यक्ष थापाले यही वडाको अत्यधिक मतले नगरका नगरप्रमुख,उपप्रमुखले पनि यही वडाको मतले विजयी हुने जानकारी दिए । एमालेबाट दलित महिलातर्फबाट अन्जना नेपाली, महिलातर्फ सावित्री मिश्र, खुल्लातर्फ विश्वराम त्वानाबासु र विक्रम तामाङ विजयी हुनुभएको छन् । ( भिडियो सहित )

 


Thali Mobile Pvt.Ltd.