भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

काठमाडौं आइपुगे नरवाणे

काठमाडौं आइपुगे नरवाणे

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे काठमाडौं आइपुगेका छन् । दुई वटा सेनाको विमानमार्फत उनी काठमाडौं आइपुगेका हुन् । लिपुलेक, लिम्पियाधुरा र कालापानी हडेपेकाे भारतले विवादास्पद अभिव्यक्ति समेत दिएका बेला उनकाे याे यात्रालाइ गम्भिरताका साथ हेरिएकाे छ ।

पछिल्लाे समय नेकपामा कुर्सिमाेह र विवाद कायम रहेकै बेला भारतीय गुप्तचर सस्थाका प्रमुख सामन्त गाेयल नेपाल आएर फर्किए पछि नरभणे नेपाल आएका हुन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा तीन दिने भ्रमणका लागि नेपाल आएका उनलाइ त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट सिधै सोल्टी होटल लगिएकाे छ ।

नरवणेलाई भोलि अपराह्न सेनाको मानार्थ महारथी दर्जा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने कार्यक्रम रहेकाे सेनाले जनाएको छ ।प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थलसेनाध्यक्ष नरावणेसँग औपचारिक भेटवार्ता गर्ने पनि कार्यक्रम छ । उनको सम्मानमा भोलि नै जङ्गिअड्डामा रात्रिभोज आयोजना हुनेछ भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय स्थल सेनाध्यक्ष नरवणेले पर्सि औपचारिक भेट गर्नेछन्।

नेपाली सेनाले नरवणेको भ्रमणको मुख्य उद्देश्य परम्पराको निरन्तरता भने पनि उत्पन्न द्विपक्षीय सम्बन्ध सुुदृढ तुल्याउन उनको नेपालमा हुने भेटघाट महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.