काठमाडौं । महानगरपालिकाको मेयरमा बालेन साहले १५७५ मत ल्याएर अग्रता कायमै गरेका छन् ।
चार हजार ४४४ मत गणना हुँदा उनले १५७५, नेकपा एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत प्राप्त गरेका छन् ।
राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन् । अहिले काठमाडौंको वडा नम्बर १,२,३, ४ र ३२ को मतगणना भइरहेको निर्वाचन अधिकृतले बताएका छन् ।
