गण्डकी । पोखरा महानगरपालिकाको मतगणनामा नेकपा ९एकीकृत समाजवादी०ले अग्रता कायम राखेको छ ।जारी मतगणनामा भएको एक हजार १०० मतको गणनामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ४५६ मत पाउनुभएको छ भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ३८३ मत प्राप्त गर्नुभएको छ ।त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले ५०४ मत प्राप्त गर्नुभएको छ भने एमालेका मञ्जुदेवी गुरुङले ४०४ मत प्राप्त गर्नुभएको छ ।
