भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा एक हप्ताका लागि थप

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा एक हप्ताका लागि थप

काठमाण्डौ । काठमाण्डौमा जारी निषेधाज्ञा असार ७ गतेसम्म थप गरिएको छ । काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले काठमाडौ उपत्यकामा एक हप्ता निषेधाज्ञा थपेर असार ७ गतेसम्म पुर्‍याएको हो । केही सहज व्यवस्थासहित थपिएको निषेधाज्ञा सोमबार राति १२ बजेदेखि लागू हुँदैछ । निषेधाज्ञाका समयमा तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल, किराना पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

यस्तै पुस्तक पसल तथा प्रिन्टिङ प्रेस बिहान ११ बजेसम्म खोल्न पाइने र अत्यावश्यक वस्तुहरुको होम डेलिभरी सेवा बेलुकी सात बजेसम्म सञ्चालन गर्न पाइने जनाइएको छ । विकास निर्माणजन्य सामग्रीहरु छड, सिमेन्ट, बिजुलीका सामान, स्यानिटरी, हार्डवेयर लगायतका पसल दिउँसो ४ बजेपछि सञ्चालन गर्न सकिने भएको छ । कृषिफर्म तथा कृषिजन्य वस्तुहरुको किनबेच र ढुवानीमा सहजीकरण गरिने निषेधाज्ञा आदेशमा भनिएको छ । नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड पालना गरी बैँक तथा वित्तीय संस्थाले सीमित सङ्ख्यामा जनशक्ति परिचालन गरी सेवा सञ्चालन गर्न सक्ने गरी खुकुलो बनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.