भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

तत्काल सडक खुलाउन हेभी इक्युपमेन्ट तयारी अवस्थामा

तत्काल सडक खुलाउन हेभी इक्युपमेन्ट तयारी अवस्थामा

काठमाडौं । बाढी र पहिरोले अवरुद्ध सडक खुलाउन सरकारले पूर्व तयारी गरेको छ । देशभर अवरुद्ध सडक खुलाउन १ सय ९५ स्थानमा हेभी इक्युपमेन्ट तयारी अवस्थामा राखेर पूर्व तयारी थालिएको हो । वर्षा याम सुरु भएसंगै बाढी र पहिरोका कारण सडक अवरुद्ध हुदै आएका छन् । राजमार्ग अवरुद्ध भएमा केही घण्टाभित्रै सञ्चालन गरिसक्ने गरी तयारी गरिएको जनाइएको छ ।

यतिले पनि पुगेन भने निजी क्षेत्रसँग भएका मेसिनहरु पनि प्रयोग गर्न सक्ने गरी सम्बन्धित सडक डिभिजन कार्यालय तथा योजना कार्यालयहरुलाई निर्देशन भइसकेको छ ।
सडक विभागले पहिरो र बाढीको जोखिम भएका सडकको पहिचान गरी त्यसका आधारमा तयारी अघि बढाएको र देशभरमा डिभिजन सडक कार्यालय र हेभी इक्युपमेन्ट कार्यालयमार्फत उपकरण तथा जनशक्ति तयारी अवस्थामा राखिएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.