भर्खरै : Sorry, your browser does not support inline SVG.

कालिकोटमा दुई बालकको ज्यान गयो

कालिकोटमा दुई बालकको ज्यान गयो

१५ साउन २०७७ कालिकोट । महावै गाउँपालिका वडा न ७ कोडबाडामा घर भत्किंदा दुई बालबालिकाको ज्यान गएको छ । गाउँपालिका ७ का तुल महत्तराको घर वर्षाका कारण भत्किएर खेलिरहेका दुई जना बालबालिकाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा टेकबहादुर भण्डारीकी ४ वर्षीया छोरी संगिता भण्डारी र १२ वर्षीय छोरो गणेश महत्तराको घर पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी यक्षराज जोसीले बताए ।  पानी परिरहेको अवस्थामा स्थानीय ६ जना बालबालिका तुल महत्तराको घरमा खेलिरहेका थिए।

 


Thali Mobile Pvt.Ltd.