भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

कालिकोट मान्म बजारका ४५ घर मुनि पहिरो, विपद् व्यवस्थापनकाे बैठक बस्दै

कालिकोट मान्म बजारका ४५ घर मुनि पहिरो, विपद् व्यवस्थापनकाे बैठक बस्दै

कालीकोट । कालीकोट सदरमुकाम मान्म बजारका ४० घर मुनिबाट पहिरो गएको छ । लगातार परेको पानीले मान्म बजारका ४० भन्दा बढी घर उच्च जोखिममा परेका छन् । पाँच तला पक्की घरको मुनिबाट पहिरो बगेर घरको जगसम्म पुगेको छ ।

पहिरो बगेपछि घर खाली गरिएका छन् । घर पनि चर्किएका छन । मान्मको मध्य बजारमा रहेका नौ घर जमिन मुनि भासिएका छन् । मान्म बजारकै नावगैराका १८ तल सरिरहेका छन् । तल बगिरहेकाले सबै घर भत्किने निश्चित भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए ।

रेडियो नयाँ कर्णाली एफएमको भवनसहित चार घर पहिरोको उच्च जोखिममा रहेको स्थानीयले बताए । भवन पुरै चर्किएका छन् । जिल्ला विपद व्यवस्थापन समितिले पनि मान्म बजार, रास्कोट नगरपालिका वडा नं १, ३ र ९ का वस्ती निकै जोखिममा रहेकाले अन्य ठाउँमा सार्ने विषयमा स्थानीय सरकारले समन्वय गर्नुपर्ने निर्णय गरेको छ ।

हालसम्म कालीकोटको नरहरीनाथ गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा एक वस्ती सारेको भए पनि अन्य वस्ती जोखिममा नै छन् ।

 


Thali Mobile Pvt.Ltd.