भर्खरै : Sorry, your browser does not support inline SVG.

काेही नछुट्नेगरी काेराेनाविरूद्दकाे खाेप लगाउँछाैं: मन्त्री खतिवडा

काेही नछुट्नेगरी काेराेनाविरूद्दकाे खाेप लगाउँछाैं: मन्त्री खतिवडा

काठमाडाैं । लक्ष्य अनुसार नै सबै नेपालीलाई कोरोना बिरुद्धको खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बताएका छन् । बिहीबार मन्त्रालयमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री खतिवडाले कोरोनाबिरुद्धको खोप अभाव नभएकोले सवै नेपालीलाई खोप लगाउँन पाउने बताएका हुन ।

मन्त्री खतिवडाले, ‘नेपाली जनता खोप लगाउँनबाट बञ्चित हुनु नपर्ने अवस्था छैन, त्यसका लागि अहिले सम्म २ करोड खोप आएको र लगाइसकेका पनि छन् । ४५ प्रतिशतले एक डोज र ३० प्रतिशत आसपासले डवल डोज खोप लगाएका छन् । अमेरिकाबाट १ करोड फाईजर खोप पनि मगाइसकेका छौं ।’

हाल ३० लाख डोज खोप मौज्दात रहेको र दुई करोड खोप आउने प्रक्रियामा रहेको खतिवडाले जानकारी दिए । १२ देखि १८ वर्षका बालबालिकालाई खोप लगाउनका लागि १ करोड डोज खोप पनि छिट्टै आउने उनको भनाइ छ ।

त्यस्तै औषधीमा मूल्यबृद्धि हुन नदिन आफुले निरन्तर सरोकारवालासँग छलफल गरिरहेको भन्दै आफुखुशी मूल्यबृद्धि गरे कारवाही गर्ने चेतावनी दिए । आफ्नो कार्यकालमा अनियमितता भएको सुन्नै नपर्नेगरी कामको थालनी गर्नलागेको मन्त्री खतिवडाले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.