भर्खरै : Sorry, your browser does not support inline SVG.

आज ५९१ कोरोना संक्रमित थपिए, थप २ को मृत्यु

आज ५९१ कोरोना संक्रमित थपिए, थप २ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा गरिएको ८ हजार ८ सय ४८ जनाको पीसीआर परीक्षणमा ५ सय २७ र २ हजार ५ सय ७ जनाको एन्टिजेन परीक्षणमा ६४ जनामा कोरोना पुष्टि भएको हो ।

आज थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मुलुकका विभिन्न अस्पतालबाट ६ सय ६४ जना संक्रमणमुक्त भएका छन् भने निको हुने दर ९७ दशमलब ३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.