काठमाडौं। लिटिल मिस एन्जेलको चौथौँ संस्करण राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ । कलश इभेन्टसद्वारा आयोजित कार्यक्रममा विगत १ महिना अघिदेखि प्रशिक्षणमा व्यस्त रहेका साना नानीहरूले आज निर्धक्क भएर दर्शक सामु आफूलाई प्रस्तुत गरे।
आई आई एफ टी स्कूल अफ फेसन एंड इन्टेरियर डिजाइन मा अध्ययनरत फेसन डिजाइनका विद्यार्थीहरूले तयार परेका पोसाकमा सजिएर प्रतिस्पर्धामा उत्रेका ३५ जना प्रतिस्पर्धीलाई पछि पार्दै विजडम स्कुलमा मा अध्ययनरत किन्जल नेपालले चौथौँ संस्करणको लिटिल मिस एन्जेलको ताज चुम्न सफल भएकी छन्।
एलिक्शर स्कुलमा अध्ययनरत सम्पदा महतो तथा यूलेन्स स्कूलका आध्यक्ष ढकाल क्रमशः प्रथम उपविजेता तथा द्वितीय उपबिजेताको ताज चुम्न सफल भए । विजेताले क्रमशः रु २५०००, १५,००० तथा रु १०,००० नगद, ताज तथा विभिन्न उपहारहरू प्राप्त गरेका छन् । विजेताबाहेक सम्पूर्ण उपविजेताले समेत ताज पाएका छन् ।
