भर्खरै : Sorry, your browser does not support inline SVG.

किन राेक्याे बुद्ध एयरले कलकत्ता उडान ?

किन राेक्याे बुद्ध एयरले कलकत्ता उडान ?

काठमाडौं ।  बुद्ध एयरले कोलकाता उडान बन्द गर्ने भएको छ । कोलकाता उडान शुरु गरेको ६ महिनामै रु १० करोड भन्दा बढी नोक्सान भएपछि उडान बन्द गर्ने तयारी गरिएको बुद्ध एयरले जनाएको छ ।

मङ्सिर १६ गते कोलकाता उडानको अन्तिम दिन हुने भन्दै कोलकाताबाट नेपाल आउने यात्रुको सङ्ख्यामा वृद्धि हुन नसक्दा भ्रमर्ण वर्षको सङ्घारमा उडान बन्द गर्नु परेको बुद्ध एयरले जनाएको छ ।कोलकाता उडान बन्द भए पनि बनारस उडान भने बन्द नहुने व्यवस्थापक जोशीले जानकारी दिए ।

कोलकाता उडान बन्दका लागि बुद्धले नेपाल नागरिक उडड्यन प्राधिकरण र भारतको सिभिल एभिएसनलाई सूचना गरिसकेको जनाएको छ । बुद्ध एयरले गत जेठ १३ गतेदेखि एटिआर ७२–५०० विमानबाट काठमाडौँ–कोलकाता उडान शुरु गरेको थियो ।

Mohotsav


Thali Mobile Pvt.Ltd.