सुरक्षा कारबाहीमा ४० बढीकाे मृत्यु

सुरक्षा कारबाहीमा ४० बढीकाे मृत्यु image

अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परी ४० भन्दा बढी लडाकू मारिएका छन् । सरकारी सुरक्षाकर्मी र नेटो गठबन्धन सेनाको कारबाहीमा परी उनीहरु मारिएका अधिकारीहरुले जनाएका छन् ।

अफगानिस्तानको रक्षा मन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार गत २४ घण्टाको अवधिमा भएका कारबाहीमा परी उनीहरु मारिएका छन् । सोमबार बिहानैदेखि सुरक्षा कारबाही भएको मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

देशको दक्षिणी हेलमान्ड प्रान्तमा पर्ने मार्जा जिल्लामा भएको कारबाहीमा परी छ तालिबान लडाकू मारिएका छन् भने लडाकूहरुले प्रयोग गरेको दुई सवारी साधन जलेका छन् ।

त्यसैगरी उरुज्गान प्रान्तमा भएको सुरक्षा कारबाहीमा २ लडाकू मारिएको अफगानी सुरक्षाकर्मीहरुले जनाएका छन् । लाघमान प्रान्तको अलिशिङ र अलिनागर जिल्लामा भएका छुट्टा छुट्टै सुरक्षा कारबाहीमा अर्को नौ जना मारिएका छन् ।

त्यसैगरी अन्य विभिन्न प्रान्तहरुमा पनि सुरक्षा कारबाही भएको र ती सुरक्षा कारबाहीमा परी फरक फरक संख्यामा लडाकूहरु मारिएका सैन्य अधिकारीहरुले जनाएका छन् ।एजेन्सी 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda