भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

कुन जिल्लामा कति संक्रमित थपिए ? हेर्नुहोस् विवरण

कुन जिल्लामा कति संक्रमित थपिए ? हेर्नुहोस् विवरण

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार नाघेको छ । थप ९ सय ७९ भेटिएसँगै कोरोना संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको हो। ३ सय ३८ महिला र ६ सय ४१ पुरुष गरी ९ सय ७९ जनामा कोरोना भेटिएको हो ।

प्रदेश १ 
झापामा १६, पाँचथरमा ६, भोजपुरमा १, मोरङमा ३९, सुनसरीमा ६५ र सोलुखुम्बुमा १ जनामा कोरोना भेटिएको छ।

प्रदेश २
धनुषामा ४४, महोत्तरीमा ३, सप्तरीमा १९, सर्लाहीमा २० र सिरहामा ४१ जनामा कोरोना पुष्टि छ ।

बागमती प्रदेश
काठमाडौंमा २ सय ९३, काभ्रेमा २८, चितवनमा १९, दोलखामा ३, धादिङमा ४, भक्तपुरमा १३, मकवानपुरमा ७३, ललितपुरमा २०, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा १ जनामा कोरोना पाइएको छ।

गण्डकी प्रदेश
कास्कीमा ३०, गोरखामा १८, तनहुँमा ६, नवलपरासी पूर्वमा १६, पर्वतमा १ र लमजुङमा १५ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५
कपिलवस्तुमा २, गुल्मीमा ८, नवलपरासीमा २, पाल्पामा ५, प्युठानमा १, बर्दियामा ४१, बाँकेमा ४२ र रुपन्देहीमा ४१ जनामा कोरोना पुष्टि भएको छ।

कर्णाली प्रदेश
कालिकोटमा २, जाजरकोट र जुम्लामा १÷१, दैलेखमा ३ र सुर्खेतमा १९ जनामा कोरोना भेटिएको छ।

सुदूरपश्चिम
कञ्चनपुरमा ७, कैलालीमा ३, बझाङ र बाजुरामा १÷१ जनामा कोरोना भेटिएको छ।

कुल संक्रमितमध्ये १६ हजार २ सय ५९ जना सक्रिय संक्रमित छन् । कोरोनाको आशंकामा गत २४ घण्टामा ९ हजार २ सय १८ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या ७ लाख ७७ हजार ५ सय ६३ पुगेको छ। देशभर हाल ४ हजार ७ सय ३९ जना क्वारेन्टाइनमा रहेका छन्।

 


Thali Mobile Pvt.Ltd.