होटल क्षेत्रको ३० अर्ब लगानी सङ्कटमा

होटल क्षेत्रको ३० अर्ब लगानी सङ्कटमा

चितवन । होटल तथा रेष्टुरेन्ट क्षेत्रको रु ३० अर्ब भन्दा बढी लगानी सङ्कटमा परेको छ । पर्यटकीय र सर्वसाधारणलाई सेवा दिँदै आएका जिल्लाका साना ठूला होटल रेष्टुरेन्ट कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण बन्द छन् ।

देशकै तेस्रो पर्यटकीय क्षेत्र सौराहासहित जिल्लाका एक हजार २५० होटल रेष्टरेन्ट गएको चैतयता बन्द छन् । पर्यटन क्षेत्रको अध्ययन अनुसन्धान गर्दै आएका विश्व सुवेदीका अनुसार जिल्लामा पर्यटकीय होटलको सङ्ख्या २२५ वटा छन् । ती होटलमध्ये सबैभन्दा बढी रत्ननगरको सौराहामा ११० वटा छन् ।

सौराहाबाहेक रत्ननगर क्षेत्रमा पर्यटकीय होटल सङ्ख्या २९ वटा छन् ।उहाँका अनुसार भरतपुर महानगरमा ६५ वटा, कालिकामा दुई वटा , खैरहनीमा तीन वटा, माडीमा तीन वटा, राप्ती नगरपालिकामा– ३ वटा र ईच्छाकामना गाउँपालिकामा ११ वटा पर्यटकीय होटल रहेका छन् । ती होटलमा पर्यटकीय मौसममा दैनिक रु एक करोड ५० लाख बढी कारोवार हुने उनको भनाइ छ । अन्यमा त्यतिनै व्यपार हुने सुवेदीले बताए।

 


Thali Mobile Pvt.Ltd.