काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको कर्मचारीले विदाइ गरेका छन् । ४ वर्षे कार्यकाल सकाएका घिसिङलाई मंगलबार एक कार्यक्रमका बीच कर्मचारीले विदाइ गरेका हुन् ।
कार्यक्रममा बोल्दै कुलमानले नेतृत्वमा कोही आउन(जानु समान्य प्रक्रिया भएको बताएका छन् । कर्मचारीले प्राधिकरणमा रातको १०र१२ बजेसम्म पनि काम गर्नुपरेको स्मरण गर्दै उनले टिमले काम गर्न सकेकै कारण राम्रो नतिजा आएको बताए । सरकार र राजनीतिक नेतृत्वको मार्गदर्शन अनुरुप प्राधिकरणको टिमले काम गर्दा सफलता पाएको बताए ।
२०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगो लागेको छैन । सरकारले अर्को कार्यकलका लागि नियुक्त गरेमा मात्रै उनी प्राधिकरण फर्किनेछन् ।
