भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

कुवेतमा अलपत्र परेका नेपालीमध्ये थप १५० जना शुक्रबार काठमाडौं आउँदै

कुवेतमा अलपत्र परेका नेपालीमध्ये थप १५० जना शुक्रबार काठमाडौं आउँदै

३० जेठ २०७७, काठमाडौं । विभिन्न देशहरुम अलपत्र नेपालीहरु देश फर्किने क्रम सुरु भएको छ । यसैविच कुवेतमा अलपत्र परेका नेपालीमध्ये थप १५० जना शुक्रबार काठमाडौं आउँदैछन् । बिहीबार ५ सय ३१ जना महिलालाई काठमाडौं ल्याएको सरकारले प्राथमिकताका आधारमा शुक्रबार पुनः १५० जनालाई ल्याउन लागेको हो ।

विदेशबाट आउने नागरिकको व्यवस्थापनमा नेपाली सेना खटिइरहेको छ । कुवेतबाट नेपाली लिएर विमान उडिसकेको र उहाँहरु ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनु हुने नेपाली सेनाले जनाएको छ ।

यता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट साझा यातायातको बसमा राखेर उपत्यकामा बनाइएका होल्डिङ सेन्टरमा लगिनेछ ।

उनीहरुमध्ये सम्बन्धित प्रदेशमा जान नसक्ने ४९ जनालाई छहारी होममा राखिएको छ भने १० जनालाई कोहिनुर होटलमा राखिएको छ । कोहिनुरको व्यवस्थापन स्वरोजगार महिला संघले गरेको हो ।

अन्य सबै महिला सम्बन्धित प्रदेशतर्फ पठाइएका छन् । त्यहाँ उनीहरुले १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्नेछ ।

विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई सरकारले २३ जेठबाट उद्दार गर्न सुरु गरेको छ । प्राथिमकताका आधारमा विदेशबाट नेपाली नागरिक ल्याउने गरी सरकारले तयारी गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.