भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

कुवेतमा अलपत्र परेका नेपालीमध्ये थप १५० जना शुक्रबार काठमाडौं आउँदै

कुवेतमा अलपत्र परेका नेपालीमध्ये थप १५० जना शुक्रबार काठमाडौं आउँदै

३० जेठ २०७७, काठमाडौं । विभिन्न देशहरुम अलपत्र नेपालीहरु देश फर्किने क्रम सुरु भएको छ । यसैविच कुवेतमा अलपत्र परेका नेपालीमध्ये थप १५० जना शुक्रबार काठमाडौं आउँदैछन् । बिहीबार ५ सय ३१ जना महिलालाई काठमाडौं ल्याएको सरकारले प्राथमिकताका आधारमा शुक्रबार पुनः १५० जनालाई ल्याउन लागेको हो ।

विदेशबाट आउने नागरिकको व्यवस्थापनमा नेपाली सेना खटिइरहेको छ । कुवेतबाट नेपाली लिएर विमान उडिसकेको र उहाँहरु ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनु हुने नेपाली सेनाले जनाएको छ ।

यता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट साझा यातायातको बसमा राखेर उपत्यकामा बनाइएका होल्डिङ सेन्टरमा लगिनेछ ।

उनीहरुमध्ये सम्बन्धित प्रदेशमा जान नसक्ने ४९ जनालाई छहारी होममा राखिएको छ भने १० जनालाई कोहिनुर होटलमा राखिएको छ । कोहिनुरको व्यवस्थापन स्वरोजगार महिला संघले गरेको हो ।

अन्य सबै महिला सम्बन्धित प्रदेशतर्फ पठाइएका छन् । त्यहाँ उनीहरुले १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्नेछ ।

विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई सरकारले २३ जेठबाट उद्दार गर्न सुरु गरेको छ । प्राथिमकताका आधारमा विदेशबाट नेपाली नागरिक ल्याउने गरी सरकारले तयारी गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.