भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

केन्द्रीय अस्पतालमा १ हजार, प्रादेशिक र स्थानीय तहमा ५ हजार शैय्या थप

केन्द्रीय अस्पतालमा १ हजार, प्रादेशिक र स्थानीय तहमा ५ हजार शैय्या थप

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड१९ को उपचारका लागि केन्द्रमा एक हजार शय्या थप गरेको छ। कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै सरकारले अस्पतालमा बेड संख्या बढाएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नियमित कोरोना बिफिङमा प्रादेशिक अस्पतालमा १ हजार ९ सय ५७ शय्या थप गरिएको पनि जानकारी दिए। उनले अस्पताल नभएका ६४९ स्थानीय पालिकामा ५ शय्याको अस्पतालको दरले ३ हजार २ सय ४५ शय्या थप गरेको बताए ।

उनले शय्या थपसँगै जनशक्ति पनि थप गरिएको बताए । त्यसैगरी, सरकारले थप ३ निजी अस्पताललाई कोभिड अस्पतालको रुपमा सुचीकृत गरिएको छ। जसमा वीरगञ्जको नेशनल मेडिकल कलेज टिचिङ अस्पताल, काठमाडौंको कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड अस्पतालको रुपमा सुचीकृत गरिएको मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.