भर्खरै : Sorry, your browser does not support inline SVG.

थप ९२७ जनामा कोरोना संक्रमण, ३६,४५६ पुग्यो संक्रमित संख्या, उपत्यकामा उच्च संक्रमण

थप ९२७ जनामा कोरोना संक्रमण, ३६,४५६ पुग्यो संक्रमित संख्या, उपत्यकामा उच्च संक्रमण

काठमाडौं । नेपालमा थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३६ हजार ४५६ जना पुगेको छ। शुक्रबार काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उपत्यकामा एकै दिन ४१५ जना संक्रमित
उपत्यकामा ४१५ जना कोरोना संक्रिमत थपिएका छन् । योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ८ सय २२ पुगेको छ । कोरोना संक्रमित हुनेको यो संख्या अहिलेसम्मकै बढी हो । नेपालमा हालसम्म १९५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

 


Thali Mobile Pvt.Ltd.