भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

थप ३८१ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २१ हजार ३ सय ९० पुग्यो(भिडियाे)

थप ३८१ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २१ हजार ३ सय ९० पुग्यो(भिडियाे)

२१ साउन २०७७ काठमाडौं । बुधबार नेपालमा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको छ । बुधबार कोरोना संक्रमण निको भई १३० जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार १५६ जना डिस्चार्ज भएका छन् । हाल देशभरका क्वारेन्टिनमा ९ हजार ९२५ जना रहेका छन् ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/647415609466998/

सुदूरपश्चिममा थप ३२ जना संक्रमित
सुदूरपश्चिम प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ थपिएका संक्रमितमध्ये ७ महिने शिशुसहित १५ जना महिला र १७ जना पुरुष रहेका छन् । उनीहरुमध्ये कैलालीका २१ जना, अछामका ७ जना, बझाङका ३ जना, कञ्चनपुरका एक जना रहेका छन् । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा २८६ जनाको कोरोना परीक्षण गरिएको थियो ।

वीरगञ्जमा थप एक जनासंगै कोरोना संक्रमित मृतकको संख्या ६० पुग्यो
वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्जस्थित हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत ४६ वर्षीय पुरुषको मृत्यु भएको हो । ज्वरो आएको र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी गए राति ९ बजे अस्पताल भर्ना भएका थिए। उनको बुधबार बिहान ६ बजे मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा मदन उपाध्यायले जानकारी दिए। उनी वीरगञ्ज( १५ निवासी हुन् । योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ६० पुगेको छ।

२ डाक्टरसहित थप ८ स्वास्थ्यकर्मीमा कोरोना
वीरगञ्जमा दुई जना डाक्टरसहित थप ८ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार डाक्टर, नर्स, एक्सरे सहायक, फर्मासिस्ट र स्वीपरमा कोरोना देखिएको हो।

मंगलबार रातीसम्म गरिएको स्वाब परीक्षणमा वीरगञ्जको नेसनल मेडिकल कलेजका एक जना प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, नरायणी वयोधा अस्पतालका एक जना रेडियोलोजिष्ट, नारायणी अस्पतालका २ जना फर्मासिस्ट, एक जना नर्स, एक्सरे सहायक र दुई जना स्वीपरमा कोरोना देखिएको छ। डा उपाध्यायका अनुसार अस्पतालमा मात्र हालसम्म डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी गरी ३५ जनामा संक्रमण देखिएको छ ।

उपत्यकामा ६१ जनामा संक्रमित
काठमाडौं उपत्यकामा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ५७ जना र ललितपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन ।

 


Thali Mobile Pvt.Ltd.