भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

केही महिना कोरोना अत्यन्तै कठिन हुने भएकाले हेलचक्रयाँई नगर्न डब्ल्युएचओको चेतावनी

केही महिना कोरोना अत्यन्तै कठिन हुने भएकाले हेलचक्रयाँई नगर्न डब्ल्युएचओको चेतावनी

काठमाडौँ । कोरोना भाइरस अबका केही महिना अत्यन्तै कठिन हुने भन्दै सचेत रहन विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । डब्ल्युएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना भाइरसविरुद्धको लडाइँ देशहरूले छोड्न नसक्ने र छोड्न नहुने पनि बताएका छन् ।

सबैले सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने, घरबाटै काम गर्नेजस्ता जिम्मेवारी निर्वाह गरेमा पूर्णरूपमा लकडाउन नगर्न पनि सकिने डब्ल्युएचओले जनाएको छ । लडाइँमा हार नखान पनि उनले विश्वभरका सरकारलाई अपिल गरेका छन् । सङ्क्रमण बढिरहेको भए पनि यसविरुद्ध कडा कदमहरू चालेमा महामारी नियन्त्रण गर्न सकिने बताए ।

यद्यपि भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने कडा प्रतिबन्धका नियमहरू पालना गर्न सरकारहरू तयार हुनुपर्ने उनले बताए । महानिर्देशक गेहब्रेयससले आउँदा केही महिना असाध्यै कठिन रहेको र केही मुलुकहरू खतरनाक बाटोमा रहेको बताएका छन् । कोरोना भाइरसको महामारीका कारण अहिले सम्म ४ करोड ३७ लाखभन्दा बढी संक्रमित भएका छन् भने ११ लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

 


Thali Mobile Pvt.Ltd.