काठामाडौं । कोभिड–१९ को सङ्क्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि सङ्क्रमण देखिन थालेपछि सरकारले अध्ययन गर्ने जनाएको छ । समुदायमा फैलिएको हो वा होइन भन्ने बारे अध्ययन गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सङ्क्रमणको दोस्रो चरणमा रहेको नेपाल सङ्क्रमित गति अनुसार सङ्क्रमणको तेस्रो चरणमा फैलिएको आशंका गरिएको छ । सबैमा सङ्क्रमण देखिन थालेपछि समुदायमा नै सङ्क्रमण फैलिएको कि भनेर अध्ययन गर्न थालिएको महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बताए ।
सातवटै प्रदेशमा कतै नगएका व्यक्तिको रगत सङ्कलन गरिने भन्दै महिला, पुरुष, बालबालिका र वृद्धा सबैको एन्टिबडी परीक्षण गरिने उनले बताए ।
