भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

के फौजदारी दायित्व बहन गर्न नपर्ने दिन आएकै हो त ? सांसद सुवालको प्रश्न

के फौजदारी दायित्व बहन गर्न नपर्ने दिन आएकै हो त ? सांसद सुवालको प्रश्न

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सचिव एवंम प्रतिनिधि सभा सदस्य प्रेम सुवालले मानव अधिकार उल्लङ्घन गर्नेहरूलाई आममाफी दिन नहुने बताएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा बोल्दै सांसद सुवालले हत्या, अपहरणजस्ता जघन्य अपराध गर्नेहरुलाई माफि दिन नहुने बताएका हुन ।

उनले विधेकमा उन्मुक्ति र माफि दिने व्यवस्था गर्नु दुर्भाग्य भएको बताउदै घुमाउरो पाराले पीडकलाई उन्मुक्ति दिने गरी विधेयक ल्याइएको तर्क गरे । सांसद सुवालले अहिले आएर मनोसामाजिक विधेयक भन्नु गलत भएको बताउदै उनले पीडकलाई फौजदारी दायित्व बहन गराउनुपर्ने तर्क गर्दै के फौजदारी दायित्व बहन गर्न नपर्ने दिन आएकै हो त ? भन्दै प्रश्न गरे ।

सांसद सुवाले कानुन अनुसार कारबाही गर्ने व्यवस्था हुनु नै उपयुक्त हुने तर्क गरे । नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ ‘फास्ट ट्र्याक’ बाट पारित गर्न नहुने बताए । उनले यो विधेयकलाई संसदबाट फास्ट ट्र्याकमा पारित गर्न नहुने बताउदै यो विषय संवेदनशील भएको प्रक्रिया दिए ।

 


Thali Mobile Pvt.Ltd.