अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रको क्षेत्रीय सम्मेलन र दोश्रो विज्ञ भेलाको पूर्व घोषित गोष्ठी ‘कोभिड(१९ को अवधिमा लैंगिक हिंसा र मानसिक स्वास्थ्य‘ (Gender-based Violence & Mental Health during COVID-19 Pandemic) विषयक एनआरएनए भर्चुवल विज्ञ गोष्ठी अक्टोवर ३ तारिख बिहान ११ बजे (१७ असोज २०७७ शनिबार बेलुका ८ः४५ बजे) हुने भएको छ ।
एनआरएनए आईसिसीको अमेरिका क्षेत्रीय सम्मेलन र दोश्रो विज्ञ भेला गत सेप्टेम्बर ४, ५ र ६ मा सम्पन्न भईसकेको छ । प्राविधिक कारणवस स्थगित ‘कोभिड-१९ को अवधिमा लैंगिक हिंसा र मानसिक स्वास्थ्य’ विषयक एनआरएनए भर्चुवल विज्ञ गोष्ठी पुन:सन्चालन गर्न लागिएको एनआरएनए न्यू जर्सी राज्यकी सस्थापक विष्णुमाया परियारले बताईन् ।
सो गोष्ठीमा राष्ट्रीय तथा अन्तराष्ट्रीय विज्ञ ९ जना प्यानेलिष्ट रहेकाछन् । गोष्ठीको सभापतित्व एनआरएनए आइसिसि सदस्य, हडसन् स्पिक्स एगेंस्ट सेक्सुअल भायोलेन्स (स्पिक सिस्टर) कोअर्डिनेटर तथा एड्वनकी संस्थापक अध्यक्ष डा.बिष्णुमाया परियार रहेकी छिन् । प्यानेलिष्टहरूमा माननीय सांसद तथा नेपाल संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मुल्यांकन समितिको सभापति निरा देवि जैरु, जर्सी सिटी शहरको काउन्सिल प्रेसिडेंट जोईस वाटरम्यान, युनएन वुमन जेनेरेसन ईक्वालिटी फोरमकि कोअर्डिनेसन स्पेशलिस्ट प्याट्रिसिया कोर्टेस रहेका छन् ।
त्यस्तै हडसन् स्पिक्स एगेंस्ट सेक्सुअल भायोलेन्सकि सिनियर प्रोग्राम कोअर्डिनेटर रोसियो क्रूज़ ओलिभेरा, रिकी मास्टर एवं ग्रिफ र ट्राउमा एक्सपर्ट क्लेयर स्वार्ज, बियोंड बेइजिङ्ग समिति नेपालकी सभापति शान्ता लक्ष्मी श्रेष्ठ, बेलायतकि सोसल ओर्कर लक्ष्मी राई, न्यू योर्कका अध्यागमन अधिवक्ता शिव खनाल र युवा नेतृ नेहा रायमाझी रहने छन्। कार्यकममा स्वागतका लागि एनआरएनए आइसिसि महिला संयोजक भुमा लिम्बुलाई जिम्मेवारी दिईएको छ ।
सन् २०१९ कि मिस नेपाल युएसकि दोश्रो उप-बिजेता मेघा रौनियारलाई कार्यक्रम प्रस्तोता (मोडरेटर)को जिम्मेवारी तोकिएको छ । अतिथि वक्ताहरूमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की, एनआरएनए आईसिसी अध्यक्ष कुमार पन्त, एनआरएनए आईसिसी उपाध्यक्ष रविना थापा, एनआरएनए आईसिसी सचिव गौरी जोशी, एनआरएनए आईसिसी उत्तर अमेरिकी क्षेत्रीय संयोजक राजन त्रिपाठी रहेका छन् ।
त्यस्तै अन्य अतिथिहरूमा एनआरएनए आईसिसी उत्तर अमेरिकी क्षेत्रीय उपसंयोजक राम सि पोख्रेल, एनआरएनए आईसिसी उत्तर अमेरिकी क्षेत्रीय महिला संयोजक उमा कार्की थापा, एनआरएनए एनसिसी अफ अमेरिका अध्यक्ष सुनिल शाह, एनआरएनए एनसिसी अफ क्यानाडा अध्यक्ष चिरन्जिबी घिमिरे, एनआरएनए आईसिसी उत्तर अमेरिकी क्षेत्रीय युवा संयोजक बिमला सापकोटा, एनआरएनए आईसिसी सदस्य यमुना भट्टराई र एनआरएनए आईसिसी सदस्य तृष्णा काफ्ले शर्मा रहेका छन्।
अमेरिकाबाट साे कार्यक्रमकाे कैलाश खबर डट कम, रेडियाे हिमालय, नेपालय, नेप्लिज डायस्पाेरा, बिअरटि नेपाल, विश्व सन्देश, एभरेस्ट टाइम्स, इ नेपलिज, खसाेखास, नेपलिजम डट कमले प्रत्यक्ष प्रशारण गर्ने छन् ।
