भक्तपुर । डा. इवामुरा अस्पतालले विरामीको इन्डोस्कोपीमा लापरवाही गरेको भन्दै स्थानीयले अस्पताल घेराउ गरेका छन् ।
४७ वर्षीय लक्ष्मीकुमार लाखाजुको इन्डोस्कोपी गर्दा लापरबाही गरेको भन्दै उनको ज्यान जोखिममा परेको पीडित परिवारले आरोप लगाउदै स्थानीयसहित अस्पतालमा घेराउ गरेका हुन् । चिकित्सकको हेलचक्रयाइँपूर्ण इन्डोस्कोपीका कारण विरामीकाे मुटुमा क्षति पुगेकाे परिवारको आरोप छ ।
डा. इवामुरा अस्पताल भक्तपुरले मृत्यु भयो भनेको विरामी अहिले नर्भिक अस्पतालमा अन्तिम अवस्थामा मृत्युसँग लड्दै भेन्टिलेटरमा उपचार भइरहेको भन्दै पीडित परिवारले अाक्राेष व्यक्त गरेकाे छ । पटक पटक यस्तो घटना दोहर्याएका कारण अस्पताल घेराउ गर्नु परेको पीडित पक्षले बताएको छ । अस्पताल प्रशासनले भने कुनै प्रतिक्रिया दिएकाे छैन ।
भिडियाे…
https://www.facebook.com/Kailashkhabarnews/videos/701077907164824/
