भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हाँस्य प्रदान फिल्म ‘चुरीफुरी’ को ट्रेलर सार्वजनिक

हाँस्य प्रदान फिल्म ‘चुरीफुरी’ को ट्रेलर  सार्वजनिक

काठमाडौँ । हाँस्य प्रदान फिल्म ‘चुरीफुरी’ को ट्रेलर शुक्रबार सार्वजनीक गरिएको छ ।

ऋषिराज आचार्यको लेखन,निर्माण र निर्र्देशनमा बनेको फिल्मको ट्रेलरमा बिदेश जान खोज्ने युवाको परिबेश र परिस्थितिलाई दर्शाइएको छ । हाइलाइट्स नेपालमार्फत दर्शकमाझ ल्याइएको ट्रेलर पौने तीन मिनेट लामो छ । पुष ९ गते प्रदर्शन हुने फिल्मको ट्रेलरमा डेब्यु अभिनेता अभिषेक श्रेष्ठ, रबिन्द्र झा, शिसिर भण्डारी,दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे),पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित (दारी बा), राजीवजंग बस्नेत, तुलसीप्रसाद श्रेष्ठलगायत नवअभिनेत्री त्रय पूजा पन्त,सोना बज्राचार्य र रिन्जिन गुरुङलाई प्रस्तुत गरिएको छ ।

आरबि मुभीजको ब्यानरमा निर्माण भएको फिल्म राहुल राईले खिचेका हुन भने सम्पादन र कलर ग्रेडिङ नवीन निरौलाको छ । निर्देशक आचार्य र रिना ढकाल (भण्डारी) निर्माता रहेको फिल्मको सहनिर्मातामा बिमला भुसाल, राजेन्द्र खाती, शिब थापा र खेमराज भण्डारी छन् । केही समयअघि शीर्ष गीत सार्वजनीक गरिएको फिल्ममा भीमफेदी गाइजको कोरियोग्राफी छ ।

दीपक शर्माको संगीत रहेको फिल्ममा सुनीता श्रेष्ठ, ऋतु आचार्य,जोया ढकाल,राजेन्द्र खाती, मनिल तामाङ,महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, रश्मी आचार्य,सरिस्मा मगरलगायतको पनि अभिनय छ । डिसिएनले बितरण गर्ने फिल्ममा भरपुर मनोरञ्जनका साथै उपयोगी सन्देशसमेत रहेको दावी निर्देशक आचार्यको छ ।

 


Thali Mobile Pvt.Ltd.