भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कोभिड रोकथामका लागि थप सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान 

कोभिड रोकथामका लागि थप सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान 

काठमाडौँ । एम्नेस्टी इन्टरनेशनलले कोभिड–१९ को उपचार र रोकथामका लागि नेपाललाई थप अक्सिजन, कोरोनाविरुद्धको खोप र अत्यावश्यक मेडिकल सामग्रीको तत्काल आवश्यकता रहेकोऔँल्याएको छ । एम्नेस्टी इन्टरनेशनलले आज प्रेस वक्तव्यमार्फत कोभिड–१९ को दोश्रो लहरलाई सामना गर्नुपरिरहेको कठिन अवस्थामा नागरिकको जीवन रक्षाका लागि अन्तर्राष्ट्रिय समुदायले आफ्ना तर्फबाट अक्सिजन, भेन्टिलेटर, खोप र अन्य जीवन बचाउने वस्तुको आपूर्ति तत्कालै उपलब्ध गराउनुपर्ने उल्लेख गरेको हो ।

यस विषम परिस्थितिमा अवस्थामा नेपालका राजनीतिज्ञले पनि आफ्ना मतभेदलाई अलग राखेर आगामी हप्तामा निर्णायक कदम चाल्नुपर्ने एम्नेस्टी इन्टरनेशनलको भनाइ छ । अक्सिजन, सघन उपचार कक्ष, व्यक्तिगत सुरक्षात्मक उपकरण र खोपको अभावमा नेपालका स्वास्थ्य संरचना कोरोना भाइरसको सङ्क्रमणको भारले कमजोर बन्न पुगेका छन् ।

सो संस्थाले नेपालको न्यून स्रोत साधनयुक्त स्वास्थ्य प्रणालीमाथि कोरोना भाइरसले पारेको प्रभाव र औषधि तथा उपकरणको अभावका कारण अस्पतालका कर्मचारी र कोभिड–१९ का बिरामीले भोग्नुपरेको नतिजाको समेत विश्लेषण गरेको छ । दक्षिण एशियाका अन्य देश जस्तै नेपालले पनि खोपको अभावको सामना गरिरहेको उल्लेख गर्दै एम्नेस्टी इन्टरनेशनलले कम र मध्यम आय भएका देशलाई खोपको पहुँचमा सहयोग गर्न अघि बढाइएको कोभ्याक्स कार्यक्रमले आफ्नो प्रतिबद्धता पूरा गर्न नसकेको र धनी राष्ट्रले आफ्नो आवश्यकताभन्दा धेरै खोप सञ्चय गरिरहेको टिप्पणी गरेको छ ।

एम्नेस्टी  इन्टरनेशनलका एशिया प्यासिफिक निर्देशक यमिनी मिश्रले खोपमा समतामूलक पहुँच सुनिश्चित गर्न र स्थानीय रूपमा खोप उत्पादनका लागि स्रोत साधन तथा प्रविधिको स्थानान्तरणलाई प्राथमिकीकरण गर्न अन्तर्राष्ट्रिय समुदायले कोभ्याक्स जस्तो विश्वव्यापी संयन्त्रलाई स्पष्ट सहयोग प्रदान गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.