भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एम्बुलेन्स सेवा सञ्चालन

एम्बुलेन्स सेवा सञ्चालन

रसुवा । ग्रामीण बासिन्दाको उपचार सेवा सहज पार्ने उद्देश्यले नौकुण्ड गाउँपालिका पारच्याङद्वारा पहिलोपटक एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । भौगोलिक विकटता भएको यार्सा क्षेत्रमा वसोवास गर्ने वासिन्दा बिरामी पर्दा डोकामा बोकी अस्पताल लानुपर्ने समस्या समाधान गर्न गाउँपालिकाले एम्बुलेन्स खरीद गरेको हो । नयाँ सञ्चालनमा ल्याएको एम्बुलेन्सबाट यार्सा, युव्रा, घाङवर, सिङ्वन्दी, लाङ्वु, आरूखर्क, सरसिउँ, पाटीखर्क, सरमथली, पारच्याङ, फाम्चेत, भोर्ले, चित्ती समेतका दर्जनौ गाउँमा बसोबास गर्ने १० हजारभन्दा बढी नागरिकले सेवा पाउने अपेक्षा गरिएको छ । गाउँपालिकाले रू १० लाख ८५ हजारमा एम्बुलेन्स खरीद गरिएको र भन्सार शुल्क भने छुट भएको बताइएको छ ।

नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्पुसाङ्वो घलेका अनुसार आफ्नो गाउँपालिका क्षेत्रको छ वटै वडाका वासिन्दालाई उपचारमा परेको समस्या समाधान गर्न सडक मार्गका ट्रयाक खोलेसँगै दुई दिनअधि रसुवा भित्र्याइएको एम्बुलेन्स सेवा सञ्चालन गरिएको हो । वर्षात्को समयमा सडक अवरूद्ध हुनसक्ने सम्भावनालाई मध्यनजर राख्दै निरन्तर सेवा प्रवाहको लागि असार, साउन र भदौ महिनामा भने एम्बुलेन्स कालिकास्थानमा राख्ने व्यवस्था मिलाइएको अक्ष्यक्ष घलेले बताउनुभयो । यस्तै जिल्ला अस्पताल, गोसाइँकुण्ड तथा कालिका गाउँपालिका समेतका निकायले एम्बुलेन्स सञ्चालनमा ल्याइसकेका कारण स्थानीय अस्पतालमा उपचार हुन नसकेका बिरामी सुविधायुक्त अस्पतालमा लान सहज भएको छ ।

 


Thali Mobile Pvt.Ltd.