भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

कोभिड–१९ को चेन व्रेक भएपनि सन्तोष हुने ठाउँ छैनः सहायक प्रजिअ केशरी

कोभिड–१९ को चेन व्रेक भएपनि सन्तोष हुने ठाउँ छैनः सहायक प्रजिअ केशरी

भक्तपुर । कोरोना भाइरसको चेन ब्रेक भएपनि सन्तोष जनक ठाउँ नभएको सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले बताएका छन् ।

अहिले कोरोना संक्रमितहरुको जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टर गरी २१ ठाउँमा उपचार भइरहेको केशरीले कैलाश खबरलाइ बताए ।

भक्तपुरका २१ स्थानमा संक्रमितहरुको उपचार भइरहेको जानकारी दिदै सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले भने “भक्तपुरमा ९ सय ४१ वेड, ६१ आइसीयु, १४ ओटा भेन्टिलेटर र १ सय १८ एचडीयुमा विरामीको उपचार भइरहेको छ । अझै हामी विभिन्न स्थानमा यो संख्या बढाउन अभ्यासरत छौं ।”

उपत्यकामा निषेधाज्ञा जारी भएको एक महिना अवधिमा कोरोना संक्रमणको चेन व्रेक भएको जस्तो देखिए पनि सन्तोष जनक ठाउँ नरहेकाले नागरिक सचेत हुनु पर्ने बताए । केशरीका अनुसार भक्तपुरमा २ हजार ९ सय ३८ जना होम आइसोलेसन, १ सय ८८ जना अस्पतालमा उपचाररत रहेका छन् ।

सुरुका दिनमा अस्पताल तयारी अवस्थामा नहुँदा केही असहज भएको स्मरण गर्दै उनले अहिले सबै कुरा सहज हुँदै गएको बताए । अक्सिजन सिलिन्डरको अभाव हुँदा पनि दिन रात खटेर समस्या समाधान गर्न जिल्लाको सबै टिम खटिरहेको जानकारी दिए । निषेधाज्ञा हटाउने र सबै कुरा खुला गरिहाल्ने अवस्था अहिले नभएको सहायक प्रमुख जिल्ला अधिकारी केशरीले बताए ।

जनताको जीवनरक्षा गर्नु नै निषेधाज्ञा विकल्प भएकोले जिल्ला बासीलाई नआतिन केशरीले आग्रह गरे । उनले भने, “भारत जस्तो देशमा त दैनिक मानिसहरु कोरोना संक्रमणबाट मरिरहेका छन् भने हाम्रो जस्तो मुलुकले कसरी थेग्छ ? त्यसकारण कोरोना भाइरसको चेन ब्रेक गर्ने उपयुक्त माध्यम निषेधाज्ञा भएकाले सबैले धैर्य गर्नुपर्छ ।”

 

 


Thali Mobile Pvt.Ltd.