भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

बाँकेमा आज थप सात सङ्क्रमितको मृत्यु

बाँकेमा आज थप सात सङ्क्रमितको मृत्यु

बाँके । कोरोना सङ्क्रमणबाट बाँकेमा अहिलेसम्ममा ५८७ जनाको मृत्यु भएको छ । जिल्लाभित्रका २९५ र अन्य जिल्लाबाट आएका २९२ जनाको कोरोना सङक्रमणबाट मृत्यु भएको बताइएको छ । जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज ओलीका अनुसार आज मात्रै बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप सात कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

सोमबार ५ः३० बजे साँझदेखि मङ्गलबार बिहान ८ बजेसम्म यी सङ्क्रमितको मृत्यु भएको छ । ओलीका अनुसार मृतकमध्ये दुई÷दुई जना बाँके र बर्दिया तथा कैलाली, सल्यान र रोल्पामा एक÷एक गरी सात जना छन् । राजस्व सङ्कलनमा १०९ प्रतिशत वृद्धि बाँकेको नेपालगन्ज भन्सार कार्यालयमा राजस्वमा वृद्धि हुँदा रु १७ अर्ब ८० करोड राजस्व सङ्कलन भएको छ ।

कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीका अनुसार यस आर्थिक वर्ष २०७७÷७८ मा सरकारले तोकेको लक्ष्य रु १८ अर्ब रहेको थियो । गत आव २०७६÷७७ मा १४५ प्रतिशत राजस्व वृद्धि भई रु १५ अर्ब १८ करोड सङ्कलन भएको थियो । गत वर्षको प्रगतिका आधारमा सरकारले यस वर्ष रु तीन अर्ब थप गर्ने लक्ष्य राखेको थियो ।

राजस्व सङ्कलन गर्न जिम्मेवारी दिंदा आफूहरुलाई मन्त्रालय र विभागले तोकिएको लक्ष्य बाँकी डेढ महिनामा हासिल हुने भन्सार अधिकृत भण्डारीले बताउनुभयो । उहाँका अनुसार यस वर्षको राजस्व सङ्कलन वृद्धिदर हेर्दा १०९ प्रतिशतले हासिल भएको छ । सबैभन्दा बढी राजस्व सङ्कलन हुने सीमा नाकाको रुपमा रहेको जेठ १५ गतेसम्म मात्रै रु एक अर्ब ६५ करोड राजस्व सङ्कलन भएको छ ।

कोरोनाको प्रतिकूल समयमा पनि राजस्व चुहावट हुन नदिँदा राजस्वमा वृद्धि भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अनुगमन पद्धतिलाई बलियो बनाएका छौँ, त्यसैले गर्दा राजस्व सङ्कलन गर्न सफल भएको छौँ ।” भारतीय सीमा नाका भएको हुनाले भारतबाट आयात हुने सबैभन्दा बढी औद्योगिक सामान, पेट्रोलियम पदार्थ, खाद्यान्नजस्ता सामग्री यही नाका हुँदै आयात हुने गर्दछ भने नेपालबाट जङ्गली जडीबुटीहरु, सुगन्धित तेलहरु निर्यात हुने गर्दछ ।

 


Thali Mobile Pvt.Ltd.