भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

कोरोनाले एकैदिन १६ हजारबढीको मृत्यु

कोरोनाले एकैदिन १६ हजारबढीको मृत्यु

काठमाडौँ । कोरोना भाइरसका कारण विश्वमा एकै दिन १६ हजार २ सय ६९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ लाख ४० हजार २ सय २९ संक्रमित थपिएका छन् ।

यो समाचार तयारपार्दा सम्मको तथ्यांक अनुसार विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख ८५ हजार ३ सय ९२ पुगेको छ भने ९ करोड २७ लाख ४६ हजार २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले सम्म
२ करोड ४४ लाख ८४ हजार ६ सय ७ जना होम तथा संस्थागत आइसोलेसन र विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उपचाररत १ लाख १० हजार ६ सय ७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अहिलेसम्म ६ करोड ६२ लाख ७६ हजार २ सय ३९ जना कोरोना मुक्त भएका छन् । अमेरिकामा आज एकै दिन ४ हजार ८५ जनाले ज्यान गुमाएका छन् ।

योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ९३ हजार ९१५ पुगेको छ । दोस्रो स्थानमा रहेको भारतमा संक्रमित संख्या १ करोड ५ लाख नाघेको छ भने अहिलेसम्म १ लाख ५१ हजार ७ सय ६५ जनाको मृत्यु भएको छ ।

 


Thali Mobile Pvt.Ltd.