भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कोरोना खोपको दोस्रो मात्रा कर्णालीमा ६९ प्रतिशतलाई दिइयो

कोरोना खोपको दोस्रो मात्रा कर्णालीमा ६९ प्रतिशतलाई दिइयो

सुर्खेत । कोरोना भाइरसविरुद्ध कर्णाली प्रदेशमा ६९ प्रतिशतले खोपको दोस्रो मात्रा लगाएका छन् । नौ लाख ७३ हजार ६ सय ४८ जनाले खोपको दोस्रो मात्रा लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

खोपको पहिलो मात्रा ७० प्रतिशतले लगाएको निर्देशनालयका सूचना अधिकारी पदम केसीले बताए । एक लाख सात हजार ६ सय ८१ जनाले बुस्टर डोज लगाएको केसीको भनाइ छ ।

हाल सबै जिल्लामा कोरोनाविरुद्धको खोप अभियान जारी छ । कर्णालीमा कोभिशिल्ड, एस्ट्राजेनिका, भेरोसेल, फाइजर, मोडर्ना र जोनसन खोप दिइएको हो ।

पछिल्लो समय कर्णालीमा कोरोना सङ्क्रमण दर न्यून छ भने प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.