भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

कोरोना विरुद्ध रुसले तयार पारेको ‘स्पुतनिक ५’ खोप बजारमा जाने

कोरोना विरुद्ध रुसले तयार पारेको ‘स्पुतनिक ५’ खोप बजारमा जाने

३२ साउन २०७७ । रुसले तयार पारेको कोरोना विरुद्धको पहिलो खोप बजारमा जाने भएको छ । उसले कोरोनाविरुद्धको पहिलो खोप आफ्नो मुलुकले तयार पारेको दाबी गर्दै खोप यसै महिनाको अन्त्यसम्म बजारमा जाने जनाएको हो ।

खोपलाई रुसले ‘स्पुतनिक ५’ नाम समेत दिइएको जनाइएको छ । यो खोप सुरक्षित रहेको रुसी राष्ट्रपति भ्लालिमिर पुटिनको दाबी रहेको छ । राष्ट्रपति पुटिनले खोप आफ्नी छोरीलाई दिइएको र खोप लगाएपछि सञ्चो भएको उल्लेख गरेका छन् ।

कोरोना विरुद्धको खोपलाई तेस्रो चरणको परीक्षणका लागि स्वीकृति दिइएको छ । यस चरणमा हजारौं मानिसमा परीक्षण गरिने भएकाले खोप उत्पादनमा यो चरण महत्वपूर्ण मानिने रुसी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आगामी डिसेम्बर–जनवरीसम्म प्रति महिना ५० लाख डोज खोप उत्पादन गर्न सक्ने खोप विकास गर्ने गामेलिया इन्सिच्युटले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.