३२ साउन २०७७ कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ का दलित वडा सदस्य आशा ताम्राकारलाई अपशब्द प्रयोग गरी बेइज्जत गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय दीपक ओड र कालु ओडलगायतले वडा सदस्य ताम्राकारलाई अपशब्द बोल्दै हातपात समेत गरेको वडा सदस्यले बताए । बेइज्जत गर्नेमध्येका २७ वर्षीय कालु ओडलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरत धामीले बताए ।
दीपक ओड फरार रहेकाले खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ । मदिरा सेवन गरी वडा सदस्य ताम्राकारको घरमै गएर दुवै जनाले हातपात गरेको बुझिएको छ ।
