काठमाडौं । कोरोना महामारी झन बढ्दै गएपछि दैलेख अस्पताललगायतका अस्पतालमा ५० लाखका दरले रकम दिइएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता थप २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यससँगै हालसम्म संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३६हजार ३७६ छ भने संस्थागत आइसोलेसनमा १४ हजार ८१९ जना र होम आइसोलेसनमा २१ हजार ५४८ जना रहेका छन् । क्वारेन्टिनमा ४ हजार ६६६ जना रहेका छन् भने आईसीयूमा उपचाररतको संख्या ३०५ जना भेन्टिलेटरमा ७० जना उपचाररत रहेका छन् ।
पछिल्लो २४ घण्टामा निको हुनेको संख्या २ हजार १७४ जना रहेका छन् । योसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ८० हजार ९५४ जना पुगेका छन् । आज थप १२ जनालेकोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ सय ७५ पुगेको छ ।
