भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

पुनः निषेधाज्ञा गर्न आग्रह

पुनः निषेधाज्ञा गर्न आग्रह

भक्तपुर । उपत्यकामा एकै दिनमा २६ सय भन्दा बढी संक्रमण पुष्टि हुनुले संक्रमणको खतरा झन् बढेको भन्दै अत्यावश्यकका बाहेक अन्य कार्य ठप्प गर्न पुनः निषेधाज्ञा गर्न आग्रह गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरपालिकास्तरी प्रकोप व्यवस्थापन केन्द्रको बैठकमा यस्तो अनुरोध गरिएको हो ।

बैठकमा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले काठमाडौं उपत्यका कोरोनाको केन्द्रको रुपमा विकास भइरहेको बताए । ९दशैं० को अवधिमा भक्तपुर दरबार क्षेत्रस्थित तलेजु परिसरमा हुने विभिन्न जात्रा र जात्रासँग सम्बन्धित सरोकारवालाहरुसँग दशैंलाई औपचारिकतामा सीमित गर्ने विषयमा छलफल गरिसकेको जानकारी दिदै तलेजु मन्दिर परिसरभित्र हुने सबै प्रकारका पुजामा बली नदिने र तलेजु भवानीको पुजालाई स्वास्थ्य सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरी विधिपूर्वक सामान्य पुजामा मात्र सीमित गर्ने निर्णय नगरपालिकाले गरिसकेको बताए ।

संक्रमणको जोखिमलाई ध्यानमा राखी नगरपालिकाले वडा–वडामा स्वयम्सेवक परिचालन गरी कोभिड १९ बारे सर्वसाधारण जनतालाई निरन्तर सचेत गरिरहने जानकारी दिए । बैठकमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निषेधाज्ञा खुकुलो बनाएसँगै उपत्यकामा कोरोनाको जोखिम निकै बढेको र नजिकिँदै गरेको दशैंमा भीडभाड रोक्न जिल्ला प्रशासन कार्यालय तदारुकताका साथ अगाडि बढिरहेको बताइन् ।

दशैंको समयमा भीडभाड बढेर कोभिड १९ को संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल सरकारलाई विगतमा जस्तै अतिआवश्यक सेवाबाहेकका अन्य सेवाहरु बन्द हुने गरी पुनःनिषेधाज्ञा गर्न अनुरोध गर्ने निर्णय गरिएको छ । कोरोना रोकथाम र नियन्त्रणको लागि नजिकिँदै गरेको बिजया दशमी २०७७ मा हुने सबै प्रकारका जात्रा र पूजाआजाहरुलाई औपचारिकतामा सीमित गरी भीडभाड हुन नदिन भक्तपुर नगरपालिकाबाट नगरबासीहरुमा आह्वान गर्ने र सोको लागि आवश्यक सुरक्षा व्यवस्था सुरक्षा निकायहरुबाट मिलाउने निर्णय गरिएको छ।

बैठकमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, नेपाली सेना वीरदल गणका प्रमुख शिवप्रसाद पौडेल, महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक तारादेवी थापा, सशस्त्र प्रहरी बल स.प्र.नि. मुकुन्द चापागाइँ, राष्ट्रिय अनुसन्धान विभाग भक्तपुरका अनुसन्धान अधिकृत पवनराज पाण्डे, भक्तपुर अस्पतालका तर्फबाट राजेन्द्रप्रसाद नेपाल, जनस्वास्थ्य केन्द्रका प्रमुख रत्नसुन्दर लासिवा, भक्तपुर नपाका जनप्रतिनिधि, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष विरेन्द्र जति, भक्तपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरुलगायतको उपस्थिति रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.