भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

कोरोना संक्रमणको ग्राफ बढ्दै, उपत्यकामा ५५४९ थिपए 

कोरोना संक्रमणको ग्राफ बढ्दै, उपत्यकामा ५५४९ थिपए 

काठमाडाैं। नेपालमा मंगलबार १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकोछ । कोरोनाकै कारण एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ हजार ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो। यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणको हटस्पट बन्दै गएको काठमाडौंमा मात्रै एकैदिन ४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंमा मात्रै ४००४ जनामा संक्रमण पुष्टि भएको हो । देशभर थपिएका नयाँ संक्रमितको आधाभन्दा बढी संक्रमित काठमाडौं उपत्यकाका मात्रै छन् । काठमाडौं उपत्यकामा ५ हजार ५४९ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ४००४, भक्तपुरमा ५७० र ललितपुरमा ९७५ संक्रमित छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा माघ १ गते २२२०, माघ २ गते ३३४७, माघ ३ गते ३०३० र माघ ४ गते ५५४९ जना संक्रमित थपिएका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.