भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

तीव्र बन्दै संक्रमण, सिडिओसहित १८ कर्मचारी संक्रमित

तीव्र बन्दै संक्रमण, सिडिओसहित १८ कर्मचारी संक्रमित

काठमाडौं । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड सङ्क्रमण भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधाबारबाट लागु हुनेगरी कार्यालयले सेवा कटौती गरेको जानकारी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुदै आएका सेवाहरु नेपाली नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरण स्थगित गरिएको बताए ।

सहायक प्रमुख अधिकारले ६० जनाको दरबन्दी रहेको यस कार्यालयका १८ जनालाई कोरोना संक्रमण भएको र थप १२ जनाको परीक्षण गरिएको बताए । नियमित सेवाग्राहीसंग सम्पर्क हुने सेवा हाललाई रोकिएको अधिकारी जानकारी दिए । त्यस्तै, राहदानी विभागले पनि अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ । यसअघि टोकन लिएका तथा बुकिङ भएकाबाहेक नयाँ राहदानी जारी गर्न बन्द गरिएको जानकारी दिएकाे छ ।

विभागले  विदेशमा उपचार गर्न जानेजस्ता गम्भीर प्रकृतिकाबाहेक अत्यावश्यक सेवा हाललाई स्थगित गरिएको सूचना प्रकाशित गरेको हो । विभागका १५ जना कर्मचारीहरूलाई कोरोना संक्रमण भएकाले सेवा कटौती गर्नुपरेको विभागका प्रवक्ता सरदराज आरनले जानकारी दिए । दैनिक १ हजार २ सय राहदानी जारी हुँदै आएकोमा हाल कोभिडका कारण ६ सयमा झारिएको आरनले बताए । उनले यसअघि बुकिङ भएका तथा टोकन लिएकाको हकमा पनि राहदानी वितरण कटौती गरिएको बताए ।

 

 


Thali Mobile Pvt.Ltd.