भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

तीव्र बन्दै संक्रमण, सिडिओसहित १८ कर्मचारी संक्रमित

तीव्र बन्दै संक्रमण, सिडिओसहित १८ कर्मचारी संक्रमित

काठमाडौं । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड सङ्क्रमण भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधाबारबाट लागु हुनेगरी कार्यालयले सेवा कटौती गरेको जानकारी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुदै आएका सेवाहरु नेपाली नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरण स्थगित गरिएको बताए ।

सहायक प्रमुख अधिकारले ६० जनाको दरबन्दी रहेको यस कार्यालयका १८ जनालाई कोरोना संक्रमण भएको र थप १२ जनाको परीक्षण गरिएको बताए । नियमित सेवाग्राहीसंग सम्पर्क हुने सेवा हाललाई रोकिएको अधिकारी जानकारी दिए । त्यस्तै, राहदानी विभागले पनि अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ । यसअघि टोकन लिएका तथा बुकिङ भएकाबाहेक नयाँ राहदानी जारी गर्न बन्द गरिएको जानकारी दिएकाे छ ।

विभागले  विदेशमा उपचार गर्न जानेजस्ता गम्भीर प्रकृतिकाबाहेक अत्यावश्यक सेवा हाललाई स्थगित गरिएको सूचना प्रकाशित गरेको हो । विभागका १५ जना कर्मचारीहरूलाई कोरोना संक्रमण भएकाले सेवा कटौती गर्नुपरेको विभागका प्रवक्ता सरदराज आरनले जानकारी दिए । दैनिक १ हजार २ सय राहदानी जारी हुँदै आएकोमा हाल कोभिडका कारण ६ सयमा झारिएको आरनले बताए । उनले यसअघि बुकिङ भएका तथा टोकन लिएकाको हकमा पनि राहदानी वितरण कटौती गरिएको बताए ।

 

 


Thali Mobile Pvt.Ltd.